About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

एमाले स्थायी कमिटीको बैठक अनिश्चितकालका लागि स्थगित

नेकपा एमालेको स्थायी कमिटीको बैठक स्थगित भएको छ । 

बिहीबार अपराह्न चार बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थगित भएको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार बैठक कहिले बस्ने भन्ने टुंगो लागेको छैन । 

यसअघि बुधबार बोलाइएको स्थायी कमिटी बैठक पार्टीभित्रको विवाद समाधानका लागि माधव नेपाल समूहका दोस्रो तहका नेताहरुसँग छलफल सुरु भएपछि बिहीबारका लागि सारिएको थियो ।

एमालेले पार्टीबाट निष्कासित माधव नेपालले केन्द्रीय कमिटीको बैठक बोलाएकोप्रति पनि आपत्ति जनाएको छ । बिहीबार बिहान विज्ञप्ति जारी गरी कार्यालय सचिव तामाङले पार्टीले कारबाही गरिसकेका व्यक्तिले बोलाएको बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका थिए । 

नेपाल समूहले भर्चुअल माध्यमबाट बस्ने गरी आफ्नो समूहको केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *