About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

सेयर बजारले चुम्याे नयाँ इतिहास, फाइनान्स र विकास बैंकमा आकर्षण

आज फेरि नेपाली सेयर बजारले अर्काे नयाँ इतिहास कायम गरेकाे छ । यसअघि यही आइतबार सेयर बजार २९०६.९१ विन्दुमा पुगी अलटाइम हाइ रेकर्ड बनाएकाेमा नेप्सेले आज साेही विन्दुलाई ताेडेर नयाँ रेकर्ड बनाएकाे हाे । मंगलबार सेयर बजार २९६०.१४ विन्दुमा पुगेकाे छ । याे बन्द हुँदाकाे हालसम्म कै उच्च विन्दु हाे । 

नेप्से सूचकका साथसाथै काराेबार रकममा पनि उछाल देखिएकाे छ । सेयर बजारमा सकारात्मक माहाेल देखिँदा लगानीकर्ताहरू पनि आकर्षित छन् । देशभर फैलिरहेकाे काेराेना भाइरसकाे संक्रमण न्यूनिकरण गर्न नेपाल सरकारले निशेधाज्ञा लागू गरेकाे छ । साेही कारण लगानीका अन्य क्षेत्रहरू ठप्प छन् । त्यसैले पनि सेयर बजार लगातार उकालाे लाग्न मद्दत पुगेकाे छ ।

नयाँ रेकर्ड बनेकाे बजारमा फाइनान्स र विकास बैंकहरूमा लगानीकर्ताहरूकाे बढी आकर्षण देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ५३.४४ अंकले बढेर २९६०.१४ विन्दुमा पुगेकाे छ । नेप्से १.८४ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ७.४७ अंकले बढेर ५२८.१० मा पुगेको छ । 

मंगलबार कूल २१७ वटा कम्पनीकाे ३ कराेड ५० लाख ८५ हजार ४३ कित्ता सेयर खरिदबिक्री हुँदा १६ अर्ब ६४ करोड ५ लाख ३२ हजार एक सय ५२ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये १० वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ३ वटा उपसमूहकाे सेयर घटेकाे छ  । 

मंगलबार ८ वटा कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । अन्य दर्जन भन्दा धेरै कम्पनीकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *