About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

३ हजारको उचाई चुमेको नेप्से अन्तिममा दोहोरो अंककाे गिरावट

हिजाे नयाँ रेकर्ड बनाएकाे सेयर बजारमा आज (बुधबार) भने दाेहाेराे अंककाे गिरावट देखिएकाे छ । तर इन्ट्रा डे काराेबारमा भने नेप्सेले ३००० काे विन्दु परिक्षण गरिसकेकाे छ । बुधबार इन्ट्रा डे काराेबारमा नेप्से ३००५.६२ काे विन्दुमा पुगेकाे थियाे । त्यसपश्चात् बन्द हुने बेलासम्म नेप्से दाेहाेराे अंकले घटेर २९४६.५८ विन्दुमा झरेकाे छ । नाफा बुक गर्दा करेक्सन आएको विश्लेषकहरूकाे तर्क छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.५६ अंकले घटेर २९४६.५८ मा पुगेकाे छ । नेप्से ०.४६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा झरेकाे छ ।नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.५६ अंकले घटेर २९४६.५८ मा पुगेकाे छ । नेप्से ०.४६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक २.८३ अंकले घटेर ५२५.२८ विन्दुमा झरेकाे छ ।स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।त्यसैगरी, बुधबार ८ कम्पनीकाे सेयर सर्किट लेभलमा काराेबार भएकाे छ । बढ्ने कम्पनीका अधिकांश हाइड्राेपावरहरू छन् । नेपाल लाइफ इन्स्याेरेन्स, युनाइटेड माेदी हाइड्राेपावर, रिडी हाइड्राेपावर, अरूण भ्याली हाइड्राेपावर, सिइडिबी हाइड्राेपावर, बरूण हाइड्राेपावर लगायतकाे सेयर सकारात्मक सर्किट लेभलमा काराेबार भएकाे हाे । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *