About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

पाेखराबाट गणेश लामा पक्राउ, मनाङेलाई प्रदेश सभामा अनुपस्थित गराउन भूमिका रहेकाे आशंका

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गणेश लामालाई पोखरामा प्रहरीले पक्राउ गरेको छ । पोरखा पुगेका उनलाई क्याटवाक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो ।

लामा पोखरा आएर लेकसाइडको खहरेस्थित पोखरा बुटिकमा बसेका थिए । त्यहाँबाट भागेर क्याटवाक रेस्टुरेन्ट पुगेका उनलाई प्रहरीले घेरा हालि नियन्त्रणमा लिएको हो । उनलाई पक्राउ गर्नुको कारण प्रहरीले खुलाएको छैन । यद्यपि उनी काठमाडौंबाट राजनीतिक चलखेल गर्न पोखरा आएको बुझिएको छ ।गण्डकी प्रदेशमा आज पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यसूची छँदा लामा पोखरा पुगेका हुन् । प्रदेशका मन्त्री दिपक मनाङेलाई प्रदेश सभामा अनुपस्थित गराउन लामाको भूमिका रहेको प्रहरीको आशंका छ । हिजो बेलुकीदेखि सम्पर्कबिहिन बनेका मनाङे आज प्रदेश सभामा भएको मतदानमा अनुपस्थित भएका थिए ।विभिन्न अपराधिक घटनाहरुमा मुछिएका लामा अहिले कांग्रेस राजनीतिमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *