About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

बिरामी र कुरुवालाई विवेकशील साझाको ‘तातो भात’ अभियान

गोरखाको पालुङटार नगरपालिका २ की सावित्री श्रेष्ठ गत १५ जेठदेखि जिल्ला अस्पताल गोरखामा छिन् । सावित्री दमको बिरामी रहेका ७४ वर्षे हुजरबुवाको कुरुवा हुन् । अस्पताल आएपछि बिहान बेलुकीको खाना कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता उनलाई लागेको थियो ।

विवेकशील साझा पार्टीले निःशुल्क खानाको व्यवस्था गरेको थाहा पाएपछि श्रेष्ठको त्यो चिन्ता हट्यो । अस्पतालमा उपचाररत हजुरबुवा र सावित्रीले २५ दिनदेखि विवेकशील साझा पार्टीकै ‘तातो भात अभियान’ अन्तर्गत उपलब्ध खाना खाँदै आएकी छन् ।

विवेकशील साझा पार्टीले गत १६ जेठदेखि जिल्ला अस्पताल गोरखामा उपचाररत बिरामी र कुरुवालाई खानाको व्यवस्था गर्दै आएको छ । दैनिक ५० जनासम्मलाई खाना खुवाउँदै गरेको पार्टीका जिल्ला संयोजक किशोर रेग्मीले जानकारी दिए ।

कोरोनाका कारण २१ वैशाखदेखि गोरखामा निषेधाज्ञा जारी भयो । त्यतिबेला विवेकशील साझा पार्टीले गण्डकी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही जिल्लामा तातो भात अभियान थाल्यो ।

कास्कीमा यो अभियान थालेको एक हप्तामै प्रशासनले रोक लगायो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा तातो भात अभियान चलाइए पनि प्रशासनले भीड भएको भन्दै रोक लगाएको थियो । कास्कीमा रोक लगाएपछि गोरखामा पनि प्रमुख जिल्ला अधिकारीले आफूले अनुमति दिन नसक्ने बताए ।

जिल्ला संयोजक रेग्मीलगायतले सुरक्षित भएर अभियान चलाउने बताएपछि ८ जेठमा प्रशासनले अनुमति दियो । अस्पतालबाट अनुमति पाउन एक हप्ता पर्खिनुपर्‍यो । अस्पतालले १४ जेठमा अनुमति दिएपछि गोरखामा तातो भात अभियान सुरु भएको हो ।

‘सुरु गर्न खोजेको १ गतेबाट हो । जिल्ला प्रशासनबाट अवरोध आयो । सीडीओले पोखरामा पनि रोकिया म दिन सक्दिनँ भन्नुभयो,’ संयोजक रेग्मीले सुनाए, ‘बाहिर पकाउँदा ठीक हुँदैन । अस्पतालमै क्यान्टिनमा बनाउनुहुन्छ भने म तयार छु भनेर सिडिओले भन्नुभयो । अनि अस्पताल र क्यान्टिसँग मिलेर अभियान थाल्यौँ ।’

क्यान्टिनले एक जनालाई ८० रुपैयाँमा खाना उपलब्ध गराइरहेको छ । अरुबेला ६५ रुपैयाँमा बिरामी र आफन्तलाई खाना खुवाउँथ्यो । खाना खुवाउन विवेकशील साझाले महिनाको १० हजार रुपैयाँ तिर्ने गरी अस्पताल बाहिर सटर भाडामा लिएको छ । ‘अरु रोगका बिरामीको कुरुवा यहीँ आउनुहुन्छ । बाहिर आउन नमिल्ने कोरोनाका बिरामी र कुरुवालाई भित्रै खाना पुर्‍याउँछौँ,’ संयोजक रेग्मीले भने । त्यसबाहेक क्यान्टिनमा खटिएका एक कर्मचारीलाई १० हजार रुपैयाँ पार्टीले नै दिएको छ ।

अभियानका लागि काठमाडौंको नर्भिक अस्पताल सञ्चालक मेघा चौधरीले दुई लाख ३० हजार रुपैयाँ सहयोग गरेको संयोजक रेग्मीले जानकारी दिए । ‘यहाँ स्थानीयले पनि कसैले काँक्रो, कसैले अचार ल्याएर दिनुहुन्छ,’ उनले थपे, ‘प्रशासनले १२ गतेदेखि बन्द खोल्ने भनेको छ । खुल्यो भने त्यसपछि अभियान तत्काललाई रोक्छौँ । पछि फेरि परे सुरु गर्छौं ।’

साझा पार्टीका गण्डकी प्रदेश संयोजक महेश भण्डारीले ११ वटै जिल्लामा आफूहरुले अभियान चलाउने योजना बनाए पनि सम्भव नभएको बताए । राजनीति सेवाको उच्चतम रूप भएकाले आफूहरू महामारीको बेला जनतासँगै रहेको संयोजक भण्डारीले सुनाए । ‘निषेधाज्ञा भएपछि सबै रेस्टुरेन्ट बन्द भयो । खानाको समस्या हुने देखेपछि ठूलो अस्पतालमा अभियान थाल्यौँ । प्रशासनले बन्द गरिदियो,’ उनले भने, ‘राजनीति सेवाको उच्चतम रुप हो भन्ने मान्छौँ । परेकोबेला जनताको सेवामा उभिएको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *