About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

आन्तरिक उडान १७ असारदेखि खुल्ने, अन्तर्राष्ट्रिय तर्फको उडान तालिका सार्वजनिक

आन्तरिक हवाई उडान १७ असारदेखि सञ्चालन हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि १७ असारदेखि कूल उडान संख्याको ५० प्रतिशत नबढ्नेगरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको छ ।

मन्त्रिपरिषद्को गत सोमबार भएको बैठकले कोभिड–१९ महामारी नियन्त्रणका लागि स्थगन गरिएका हवाई उडान शर्तसहित पुनःसञ्चालन गर्ने निर्णय गरेसँगै पर्यटन मन्त्रालयले नियामक आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।

साथै मन्त्रालयले अन्तर्राष्ट्रिय उडानतर्फ पनि तोकिएको गन्तव्यमा बिहीबारदेखि नै उडान सञ्चालन गर्ने व्यवस्था मिलाउन क्यानलाई निर्देशन दिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । मन्त्रालयले ३० जुनसम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । जसमा २४ जुलाईमा नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट काठमाडौं उडान गर्ने तालिका छ ।

त्यस्तै २५ जुनमा नेपाल एयरलाइन्सको जहाजले जापानमा उडान भर्नेछ भने एयर इण्डियाको जहाजले दिल्ली–काठमाडौं उडान गर्नेछ । २६ जुनमा कतार एयरवेजले दोहा–काठमाडौं उडान गर्नेछ । टर्की एयरलाइन्सले काठमाडौं उडान गर्नेछ । सोही दिन एयर अरेवियाको जहाजले आबुधावीबाट काठमाडौंको उडान भर्ने तालिका तय गरिएको छ ।

त्यसैगरी २७ जुनमा नेपाल एयरलाइन्सले दोहा गन्तव्यमा उडान भर्नेछ । सोही दिन हिमालय एयरलाइन्सले मलेसियाको क्वालालम्पुर र दुबईमा समान एक एक उडान गर्ने तालिका छ ।

कतार एयरवेजको दोहा–काठमाडौं र जजिरा एयरवेजले कुवेतबाट काठमाडौं उडान मन्त्रालयले जनाएको छ । २८ जुनमा नेपाल एयरलाइन्सले दुबई र हिमालय एयरलाइन्सले साउदीको दमाममा उडान भर्नेछ भने कतार एयरवेजले दोहाबाट काठमाडौंका लागि उडान गर्नेछ ।

२९ जुनमा नेपाल एयरलाइन्सले दोहा उडान गर्नेछ । सोही दिन टर्किस एयरलाइन्सले काठमाडौं उडान गर्ने जनाइएको छ । फ्लाई दुबईले काठमाडौं, ओमनको सलाम एयरले काठमाडौंमा उडान गर्नेछन् । ३० जुनमा नेपाल एयरलाइन्सले दुबई, हिमालय एयरलाइन्सले दमाम, कतार एयरवेजले दोहा र जजिरा एयरले कुवेत–काठमाडौं उडान गर्ने तालिका तय गरिएको छ ।

कोभिड महामारी नियन्त्रण गर्न सरकारले वैशाख २० देखि आन्तरिक तथा वैशाख २३ देखि अन्तरराष्ट्रिय उडान स्थगन गरेको थियो  । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि काठमाडौं उपत्यकासहित देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *