विश्वमा ३ सयवटा मात्र उत्पादन भएको मोटरसाइकल नेपालमा भित्रिएको छ । एसजे मोटोले विश्वप्रसिद्ध इटालियन ब्राण्ड एमभी अगस्टाको सुपरभेलोस सिरी ओरो बाइक नेपाली बजारमा ल्याएको हो ।
सुपरभेलोस सिरी ओरा एमभी अगस्टाको नियो रेट्रो रेसरको एक विशेष संस्करण हो । एमभी अगस्टा एफ थ्रीबाट प्रभावित यो बाइकमा इनलाइन थ्री सिलिन्डर इन्जिन र कम्प्याक्ट बडी स्ट्रक्चर डिजाइन छ, जुन रेसिङ र रेगुलर राइडिङ दुवैका लागि उपयुक्त छ ।
यसमा अत्याधुनिक प्रविधिका साथै ब्राण्ड भ्याल्यू पहिचान गर्ने सबै फिचर उपलब्ध छन् । यो बाइक बुकिङ गर्न चाहने ग्राहकले एसजे मोटोको शोरुममा गएर बुकिङ गर्न सक्ने कम्पनीले जनाएको छ ।
एसजे मोटो नेपालमा नयाँ र रिर्फविक गरिएको सुपरबाइकहरूको शोरुम हो । यहाँ अन्य ऐतिहासिक सुपरबाइकहरूको संग्रहालय छ । यो ग्यालरीमा अर्ग्यानिक नेपाली कफी सपसमेत छ ।