About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

नायिका केकीकाे अर्जेन्टिनालाई साथ, दिपक भन्छन् `अ बाट अर्जेन्टिना´

एजेन्सी । लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिकाको उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिना भिडिरहेका छन् । अहिले पहिलाे हाफ सकिएकाेे छ । पहिलाे हाफ सम्म अर्जेन्टिनाले ब्राजिललाई एक गोल हानेको छ । एन्जेल डि मारियाले ब्राजिलविरुद्ध २१ मिनेटमा एक गोल गरेका छन् ।

यस खेललाई नेपालमा पनि निकै चासाेकाेे रूपमा हेरेका छन् । ब्राजिल र अर्जेन्टिना बिचकाे यस खेलमा धेरैले ब्राजिललाई समर्थन गरेका छन् भने केहीले अर्जेन्टिनाकाे समर्थन गरेका छन् । जसमा नायिका केकि अधिकारी , कलाकार दिपक राज गिरी , प्रमाेद खरेल लगायत रहेका छन् । कलाकार दिपकले अर्जेन्टिनाकाे झण्डा राख्दै लेख्छन्,

अ बाट आइतबार !
अ बाट अर्जेन्टिना !!
यस पटक पहिला जस्तो सशक्त टिम छैन ,था छ !
होम ग्राउन्ड पनि ब्राजिलको हो ,त्यो पनि था छ !!
पछिल्ला भेटहरूमा ब्राजिल नै हाबि छ, त्यो पनि याद छ !!
तर मनले यस्ता हिसाब किताब हेर्दैन रहेछ !
किनकि मन स्वतन्त्र छ !!!
बाल्यकाल देखिको प्रिय टिम अर्जेन्टिना!!!

त्यस्तै नायीका केकी अधिकारीले अर्जेन्टिनाकाे जर्सी लगाएकाे तस्बिर राखेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *