About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

शेयर बजारमा ४० अंकको गिरावट, काराेबार रकम भने उत्साहजनक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कोरोबारको दोस्रो दिन आज सोमबार उच्च अंकको गिरावट आएको छ । आइतबार ७४.७१ अंकले बढेर दुई हजार आठ सय ९९ दशमलब ८२ विन्दुमा पुगेका नेप्से आज फेरि घटेको हो ।   

नेप्सेका अनुसार आज ४४.९८ अंकले घटेर दुई हजार आठ सय ५४ दशमलब ८४ विन्दुमा थामिएको छ । त्यस्तै, काराेबार रकम भने उत्साहजनक देखिएकाे छ, आज नेप्सेमा ९ अर्ब ९८ करोड बराबरको कारोबार भएको छ । आज कारोबार भएका म्युचुअल फण्ड समूह बाहेक अन्य सबै समूह राताम्मे भएका छन् ।  

नेप्सेका अनुसार आज एक कम्पनीको शेयरमूल्यमा बृद्धि भएको छ । आज शेयरमूल्य बढ्ने कम्पनमा समृद्धी फाइनान्स कम्पनी रहेका छन् । यस कम्पनीको शेयरमूल्य पाँच प्रतिशत भन्दा बढीले बढेको छ ।  

त्यस्तै, आज युनियन हाइड्रोपावर, खानीखोला हाइड्रोपावर र ओरियन्टल होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यी कम्पनीको शेयरमूल्य ५ प्रतिशत भन्दा बढीले घटेको छ ।    

यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी निर्धान उत्थान लघुवित्त वित्तिय संस्थाको भएको छ । यस कम्पनीको आज ४७ करोडको कारोबार भएको छ ।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *