About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

अदालतको फैसला शक्ति पृथकीकरणको सिद्धान्तविपरीत: नेकपा एमाले

नेकपा एमालेको स्थायी कमिटीको अनौपचारिक बैठकले सर्वोच्च अदालतको फैसला लोकतन्त्रका आधारभूत संरचनालाई खलबल्याउने किसिमको भएको निष्कर्ष निकालेको छ ।

सोमबार बालुवाटारमा बसेको बैठकले सर्वोच्चको फैसला शक्ति पृथकीकरण विपरीत भएको निष्कर्ष निकालेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए । ‘फैसला राज्यका तीनवटै अंगहरूबीच सन्तुलन र समन्वयको स्थितिलाई बिथोल्ने किसिमको छ । शक्ति सन्तुलनका पिलरलाई हल्लाउने काम गरेको छ,’ ज्ञवालीले भने ।

सर्वोच्चको फैसलाले सरकार गठनका लागि सदनबाहेक अन्यत्र जानुपर्ने परिस्थिति सिर्जना देखापरेको बैठकको धारणा छ । ‘सरकार बनाउने संविधानमा पृथक व्यवस्था छ । सदनबाट सरकार गठन भएपछि राष्ट्रपतिले घोषणा गर्ने विधि छ । अब त सरकार गठनका लागि अन्यत्र जानुपर्ने परिस्थित आयो,’ ज्ञवालीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *