About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

राजनीतिक अस्थिरताले छाेएन शेयरबजारलाई, उच्च मनाेवलमा लगानीकर्ता

राजनीतिक अस्थिरताका बीच मंगलबारको शेयरबजार हरियाली बनेको छ । सोमबार सर्वोच्च अदालतले परमादेश जारी गर्दै शेयरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न भनेपछि त्यसको असर शेयरबजारमा देखिने आकलन गरिएको थियो । 

नयाँ अर्थमन्त्री को आउला भन्ने अन्योलका बीच आजको बजार केही खस्कने आकलन गरिएको थियो । तर, ठीक विपरीत दिनभर अस्थिर बन्दै बजार दोहोरो अंकले बढेर बन्द हुन पुगेको छ । 

मंगलबार शेयरबजार परिसूचक नेप्से  १६ दशमलव ३४ अंकले बढेर २८७१ दशमलव ०३ अंकमा पुगेको छ ।

मंगलबार २ सय २३ कम्पनीको १ करोड २३ लाख ४८ हजार ३ सय ८९ कित्ता शेयर ५ अर्ब ५४ करोड ६३ लाख ५६ हजार २ सय २४ रुपैयाँमा कारोबार भयो । सोमबार परमादेश जारी गरेसँगै ४५ अंकले नेप्से घटेको थियो ।

दिनभरजसो अस्थिर बनेको बजार कारोबार सुरु भएको केही मिनेट नबित्दै ११ अंकले नेप्से घटेको थियो । त्यसपछि फेरि नेप्से बढेर आजको सर्वाधिक विन्दु २८८४ दशमलव ०७ अंकमा पुग्यो । त्यसयता भने नेप्से उतारचढावपूर्ण बन्दै २८७१ को विन्दुमा रोकिन पुग्यो । 

दिनभर सामान्य उतारचढाव भए पनि बजारमा १ सय ३७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३६ कम्पनीको शेयरमूल्य घट्न पुगेको छ । बाँकी १० कम्पनीको मूल्यमा भने आज कुनै परिवर्तन आएन ।

योबाहेक एनआईसी एशिया डिबेन्चरको पनि ६ प्रतिशतभन्दा धेरैले शेयरमूल्य बढ्न पुग्यो । 

आज सबैभन्दा धेरै कारोबार नेपाल बैंकको भएको छ । यस बैंकको ४५ करोड ४७ लाख ४७ हजार १ सय ८८ रुपैयाँबराबरको शेयर किनबेच भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *