About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

दाङमा आजदेखि भेरोसेल खोप लगाइँदै

दाङमा ५५ वर्षमाथि उमेर समूहलाई आजदेखि कोभिडविरुद्धको भेरोसेल खोप लगाइँदैछ । दाङका १० स्थानीय तहका १०० भन्दा बढी खोप केन्द्रबाट ती उमेर समूहका ३५ हजार बढीलाई खोप लगाउन लागिएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयले १९ हजार खोपको मात्रा प्राप्त भएको जनाएको छ ।  ‘एउटा स्थानीय तहमा २० बढी खोप केन्द्र छुट्याइएको छ,’  कार्यालायका कोरोना फोकल पर्सन कमल चन्दले भने, ‘स्थानीय तहका १०० बढी स्वास्थ्यचौकी एवं स्वास्थ्य एकाइबाट खोप लगाइने छ ।’

अहिलेसम्म कोभिशिल्ड खोप २८ हजार ३११ लाई लगाइएको छ । तीमध्ये दोस्रो मात्राको आठ हजार बढीले लगाएका छन् भने २० हजार बढीलाई भने दोस्रो मात्रा लगाउन बाँकी छ । त्यसैगरी जिल्लाभर आठ हजार बढीलाई भेरोसेल खोप लगाइएको छ । जोन्सन एन्ड जोन्सन खोप प्राप्त भएलगत्तै सो उमेर समूह र पूर्ण अपाङ्गता भएका नागरिकलाई खोप लगाइने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *