About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

ओली पक्षका सांसदले पनि दिए देउवालाई विश्वासको मत, पक्षमा १६५

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षका सांसदलले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् ।

प्रतिनिधिसभामा आइतबार प्रधानमन्त्री देउवाले राखेको विश्वासको प्रस्तावमाथि मतदान हुँदा ओली पक्षका सांसद प्रेम आलेले देउवालाई विश्वासको मत दिएका हुन् ।

आलेले देउवालाई विश्वासको मत दिने पहिले नै बताएको चर्चा बाहिरिएको थियो । त्यसको उनले खण्डन गरे पनि अन्ततः उनले विश्वासको मत दिएका छन् ।

उनले विश्वासको मत दिएबापत मन्त्री बनाउनुपर्ने माग गरेको चर्चा भएको थियो । आलेले आफू बिरामी भएर आराम गरेको र मन्त्री माग्न नगएको स्पस्ट पारेका थिए ।

आलेसहित ओली पक्षमा रहेका एमाले सांसदहरू हिराचन्द्र केसी, किसान श्रेष्ठ र पार्वती विशुंखेले पनि प्रधानमन्त्री देउवालाई मत दिएका छन् । देउवाकाे पक्षमा कुल १६५ मत खसेकाे गगन थापाले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *