About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै, २२ सांसदलाई कारबाही हाेला त ?

काठमाडौँ । नेकपा एमालेको सोमबार सुरु भएको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने भएको छ । आज दिउँसो तीन बजे बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा उक्त बैठक बस्ने जनाइएको छ ।

सोमबारको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका वरिष्ठ नेता माधव नेपालसहित २२ सांसदलाई स्पष्टीकरण सोधेको थियो । २४ घण्टाभित्र स्पष्टीकरण माग गरिए पनि उक्त पक्षका नेताहरुले स्पष्टीकरण नदिने बुझिएको छ । आजको बैठकले उनीहरुमाथि थप कारबाही गर्ने तयारी गरेको बताइएको छ ।

आज दिउँसो २ बजेसम्म स्पष्टीकरण नआएमा बैठकले कारबाही गर्ने एमाले केन्द्रीय सदस्य महेश बस्नेतले बताए । यसका साथै आजको बैठकले संगठन र विधान अधिवेशनका विषयमा छलफलगर्दै विधान महाधिवेशनको तयारीका निम्ति समितिहरु घोषणा गर्ने तयारी समेत रहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *