About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

दार्चुला घटनाकाे छानबिन गर्न गृहमन्त्रालयको टोली घटनास्थल जाँदै

काठमाडौं – दार्चुला घटना छानबिन गर्न गृह मन्त्रालयले गठन गरेको टोली सोमबार दार्चुला जाँदै छ। भारतीय सुरक्षाकर्मीले तुइनको डोरी काटिदिँदा दार्चुलाको व्याँस गाउँपालिका–२ का जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएको घटनाबारे अनुसन्धान गर्न गृहमन्त्रालयको टोली त्यसतर्फ जान लागेको हो।

घटना छानबिन गर्न गृहले आइतबार सहसचिव जनार्दन गौतमको नेतृत्वमा पाँच सदस्यीय टोली गठन गरेको थियो। समितिका संयोजक गौतमले घटना छानबिनका लागि आज त्यसतर्फ जाने कार्यक्रम रहेको बताए।

घटनास्थलसम्मै पुगेर प्रत्यक्षदर्शीसँग भेटेर सूचना संकलन गर्ने योजना छानबिन समितिले बनाएको छ।

सहसचिव गौतमको संयोजकत्वमा गठित छानबिन समितिमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट छन्।

भारतको बाटो हुँदै सदरमुकाम खलंगा आउने क्रममा तुइनबाट महाकाली नदी तरिरहेका ३३ वर्षीय धामी तुइनको तारसँगै महाकाली नदीमा खसेर बेपत्ता भएका थिए।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले तुइन काट्दा महाकाली नदीमा झरेर धामी बेपत्ता भएका प्रत्यक्षदर्शीहरूले दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *