About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

शङ्कर पोखरेल विरुद्ध तेस्रो पटक अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका विपक्षी दलहरूले मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका छन्। नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मङ्गलवार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्।

प्रस्तावमा पोखरेल अल्पमतमा रहेको दाबी गरिएको छ। पोखरेल विरुद्ध यस अगाडि नै अविश्वासको प्रस्ताव जाँदा उनले राजीनामा दिएर प्रदेशमा सबैभन्दा ठुलो दलको संसदीय दलको नेताको हैसियतमा पुन मुख्यमन्त्री पदको शपथ लिएका थिए।

वैशाख २६ गते पुन अविश्वासको प्रस्ताव दर्ता भएर विशेष अधिवेशनको माग गरिए पनि अधिवेशनको आव्हान भएको थिएन। सरकारको बजेट असफल हुने भएपछि मुख्यमन्त्री पोखरेलले केन्द्रको राजनीतिको सिको गर्दै चलिरहेको अधिवेशन मध्यरात अन्त्य गराएर अध्यादेश मार्फत बजेट ल्याएका थिए।

 मङ्गलवार दर्ता भएको तेस्रो अविश्वास प्रस्तावमा ३४ जना प्रदेशसभा सदस्यको हस्ताक्षर रहेको छ। अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई नयाँ मुख्यमन्त्री प्रस्ताव गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *