About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

आजदेखि देशभरि भेरोसेल खोपको दोस्रो मात्रा दिइँदै

काठमाडौं – आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्राको खोप अभियान देशभर सुरु भएको छ। गत असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले आजदेखि दोस्रो मात्रा पाउने स्वाथ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य सेवा विभागले जनाएको छ।

पहिलो मात्रा लगाएकालाई २१ दिनपछि दोस्रो मात्रा दिन लागिएको हो। जिल्ला स्वास्थ्य कार्यालय र पालिकाहरुले तोकेको केन्द्रमा गएर खोप लगाउन विभागले आग्रह गरेको छ। दोस्रो मात्रा खोप लगाउन जाँदा पहिलो खोप लगाएको कार्ड र सम्भव भएमा यसअघि वेबसाइटमा दर्ता गरेको नम्बर लिएर जान पनि आग्रह गरिएको छ।

यस्तै, अहिलेसम्म खोप नलगाएका व्यक्तिले खोपका लागि स्वास्थ्य मन्त्रालयको वेभसाइटमा अनिवार्य नाम दर्ता गर्नु पर्ने विभागले जनाएको छ। मन्त्रालयले यसकै आधारमा तोकेको लक्षित समूहभित्रका व्यक्तिलाई खोपको व्यवस्था गर्ने स्पष्ट पारेको छ।

आउँदो साउन २५ गतेदेखि ३२ गतेसम्म सरकारले खोप सप्ताह नै मनाउने भएको छ। खोप सप्ताहमा जापानबाट आउने ८ लाख र भुटानबाट आउने ३ लाख गरी ११ लाख डोज खोप लगाउने तयारी छ। दुवै देशबाट शनिबार र आइतबारसम्ममा खोप आइसक्ने मन्त्रालयले जनाएको छ। नेपालमा अहिलेसम्म ४३ लाख ५९ हजार २ सय ७७ जनाले पहिलो मात्रा र २१ लाख ३० हजार ९०० जनाले पूर्ण खोप लगाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *