About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

मुलुकभर थप ३४८१ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु

काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन भएसँगै नेपालमा पुनः दैनिक कोरोना संक्रमितको संख्या तीब्र रुपमा बढ्न थालेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ हजार ६५६ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ हजार ४८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार १० हजार ९०७ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा २ हजार ६१६ जना र ५ हजार ७४९ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ७ लाख ९५ हजार ३९१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १८८५ जना कोरोनामुक्त भए, ३० को मृत्यु

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर १ हजार ८८५ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ६ लाख ७५ हजार ८३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १६ हजार ६५६ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल ४० लाख ९३ हजार ७०२ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ३० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार १८० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *