About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेश गर्दै

काठमाडौं – अल्पमतमा रहेका शंकर पोखरेलले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि लुम्बिनीमा आज दिउँसो तीन बजेसम्म सरकारको दाबी पेश गर्न आह्वान गरिएको छ। प्रदेश प्रमुख अमिक शेरचनले सरकार गठनका लागि आह्वान गरेका हुन्।

जसका लागि सरकारमा विपक्षी गठबन्धनले दाबी पेस गर्दै छन्। विपक्षी गठबन्धनले प्रदेशसभाका ८० मध्ये ४२ सदस्यको समर्थनमा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्दैछन्।

लुम्बिनी प्रदेशमा माओवादी केन्द्र र कांग्रेसले ८/८ महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन्। केसीपछि बाँकी ८ महिना कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले नेतृत्व गर्नेछन्। प्रदेश सरकारको अवधि १६ महिना बाँकी छ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीसहितका दलको गठबन्धनले मुख्यमन्त्रीविरुद्ध दर्ता गराएको अविश्वास प्रस्तावमाथि छलफलका लागि बुधबार १ बजे प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएकोमा विश्वासको मत प्राप्त नगर्ने निश्चित भएपछि पोखरेलले प्रदेशसभा बैठकअघि नै राजीनामा दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *