About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

हैटीमा शक्तिशाली भूकम्प, ३ सय भन्दा बढीको मृत्यु

हैटीमा शनिबार शक्तिशाली भूकम्प गएको छ । ७.२ म्याग्नेच्युडको उक्त भूकम्प पैश्चिम हैटीलाई केन्द्रविन्दु बनाएर गएको थियो ।

भूकम्पमा परी अहिलेसम्म ३०४ जनाको मृत्यु भइसकेको विवरण प्राप्त भएको समाचार संस्था रोयटर्सले जानकारी दिएको छ । १८ सयभन्दा बढी घाइते भएका छन् ।

त्यहाँका प्रधानमन्त्री एरियल हेनरीले भूकम्पको निरीक्षण गरेका छन् । उनले एक महिनाका लागि संकटकाल घोषणा गरेका छन् । समाचारहरूमा जनाइएअनुसार भूकम्पमा परी थुप्रै घर, विद्यालय, चर्च तथा होटलहरू भत्किएका छन् ।

लगातार परकम्प गइरहेकाले उद्धार तथा राहतमा कठिनाइ भइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *