About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

एमाले स्थायी कमिटीको बैठक आज, तेस्रो धारका नेताहरू पनि सहभागी हुने

आज बिहान ११ बजे नेकपा (एमाले) को स्थायी कमिटीको बैठक बस्दै छ । च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

विगतमा माधव नेपाललाई साथ दिँदै आए पनि नयाँ पार्टी निर्माणमा भने सहभागी नभएका स्थायी कमिटीका सदस्यहरूसँग एमाले अध्यक्ष ओलीले सोमबार बालकोटमा कुराकानी गरेका थिए । त्यसपछि स्थायी कमिटीको बैठक बोलाइएको हो । बैठकमा उनीहरू पनि सहभागी हुने बताइएको छ ।

तामाङका अनुसार पूर्वमाओवादीका नेताहरूसहित स्थायी कमिटी बस्नेछ । उपाध्यक्ष भीम रावल, महसचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले स्थायी कमिटीको एजेण्डा तयार गर्नेछन् ।

बालकोट वार्ताले उनीहरूलाई बैठकको एजेण्डा तयार गर्ने जिम्मा दिएको हो । उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार तीन सदस्यीय टोलीले बैठक सञ्चालनसम्बन्धी प्रस्ताव तयार गर्नेछन् । र, त्यसैअनुसार १०बुँदे सहमति कार्यान्वयनको मोडालिटी तयार हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *