About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

पुल्चोकको झडपमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि

काठमाडौँ — ललितपुरको पुल्चोकमा रथ तान्ने क्रममा झडप हुँदा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि भएको छ ।महानगरीय प्रहरी वृत्त सातदोबाटोमा ९ जनालाई कोरोना संक्रमण देखिएपछि बुधबार ६८ जनाको स्बाव संकलन गरिएको थियो ।यसमध्ये प्रहरी निरीक्षकसहित १८ जनाको रिपोर्ट कोरोना पोजिटिभ आएको हो ।

रथ तान्ने क्रममा झडप भएपछि वृत्तका डीएसपी मित्रबन्धु शर्माको नेतृत्वमा स्वाब दिएका प्रहरीहरु झडप स्थल पुगेका थिए । ‘स्वाब नदिएका म सहितको टोली झडप नियन्त्रणतर्फ लागेँ, स्वाब दिएका इन्स्पेक्टरसहितको अरु टोली व्याक फोर्समा राखेको थिएँ । उनीहरुलाई झडपमा प्रयोग गरेनौं,’ डीएसपी शर्माले भने । उनले स्वाब दिएका टिमलाई प्रयोग नगरेको बताए पनि शुक्रबार पोजिटिभ देखिएका प्रहरी निरीक्षक भने घाइते भएका थिए । उनको खुट्टामा चोट लागेको थियो ।

Source:https://bit.ly/2ZaYgcy

One thought on “पुल्चोकको झडपमा खटिएका १८ प्रहरीमा कोरोना पुष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *