About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

टोटेनहममाथि चेल्सीको सानदार जित

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटेनहम हटस्परमाथि सानदार जित निकालेको छ । गएराति भएको खेलमा चेल्सीले टोटेनहमलाई ३–० गाले अन्तरले पराजित गरेको हो ।

चेल्सीलाई सहज जित दिलाउनको लागि थियागो सिल्भा, एङगोलो कान्टे र एन्टेनियो रुडिगरले गोल गरे । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

खेलेको ४९ औँ मिनेटमा थियागो सिल्भाले गोल गर्दै चेल्सलाई अग्रता दिलाएका थिए । उनले मार्कोस अलन्सोको पासमा गोल गरेका थिए ।

५७औं मिनेटमा एङ्गोलो कान्टेले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । उनले माटियो कोभासिसको पासमा गोल गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एन्टेनियो रुडिगरले टिमो वेर्नरको पासमा गोल गर्दै चेल्सीलाई सहज जित दिलाए । टोटेनहमले पनि केही सुवर्ण अवसर पाएपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो जितसँगै चेल्सीले १३ अंक जोड्दै शीर्षस्थानमा उक्लिएको छ । समान १३ अंक नै रहेपनि लिभरपुल र म्यानचेस्टर युनाइटेड गोल अन्तरमा दोस्रो र तेस्रो स्थानमा रहेको छ । पराजित टोटेनहम ९ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *