About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

गुटगत राजनीतिबाट माथी उठ्दै युवा नेतृत्वमा आउन सक्नुपर्छ : युवा नेता खत्री

सुजन थापा

गुल्मी, ६ असाेज । नेपाली कांग्रेस गुल्मीका युवा नेता सन्तोष खत्रीले कांग्रेसको १४ औं महाधिवेशनमा युवाहरु गुटगत राजनीतिबाट माथी उठ्दै भिजन, बिचार, भावी कार्यजोजना सहित नेतृत्वदायी भुमिकामा आउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत महाधिवेशन प्रतिनिधिको उम्मेदवारि घोषण गर्दै उनले यस्ताे बताएका हुन् । साथै उनले लेखेका छन्, `अहिले नगरे कहिले गर्ने हामीले नगरे कसले गर्ने´।

आफू सबैसँगको छलफल र परामर्श पछि पार्टीका नेता कार्यकर्ताको सुझाव सहित निर्वाचनमा बिजय हुने आधार सहित उम्मेदवारि दिएको बताउदै बिजय हुनेमा बिस्वस्त रहेको नेता खत्रीले बताएका छन् ।

नेपाली कांग्रेस गुल्मीको गढ समेत मानिने चन्द्रकोट गाउँपालिका वडा नम्बर ३ हरार्चौरबाट सर्वसम्मत रुपमा क्षेत्रीय प्रतिनिधि चुनिएका उनि नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको राजनिती गर्दै नेपाल विद्यार्थी संघ त्रिभुवन बिश्वबिद्धालय केन्द्रिय इकाइको उप सभापति समेत भैसकेका छन् ।

त्रिबि केन्द्रिय बिभाग किर्तिपुरबाट गणितमा स्नातकोत्तर गरेका खत्री कानुनका समेत विद्यार्थी हुन् । उनी स्थानीय स्तरमा समेत निक्कै लोकप्रिय हुनुका साथै छिट्टै नेता कार्यकर्तासँग घुलमिल हुन सक्ने व्यक्तिको रुपमा समेत परिचीत छन्। बिगतका विभिन्न निर्वाचनमा कांग्रेसलाई जिताउन स्थानीय स्तरमा रणनीतिकारको रूपमा समेत भुमिका खेलेको स्थानीय अगुवा कार्यकर्ताको बुझाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *