About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

संसारकै लामो कान भएको कुकुर, जसले गिनिज बुकमा नाम लेखायो

काठमाडौं,७ असाेज । तीन वर्षको एक अमेरिकी कुकुरले गिनिज बुकमा नाम लेखाएको छ । लु नामको उक्त कुकुरले संसारकै सबैभन्दा लामो कान भएको कुकुरको रुपमा विश्व कीर्तिमान राखेकाे हाे ।

उक्त कुकुरका कानका लोती निकै लामा छन् । कानका लोतीको लम्बाई १३.३८ इन्च छ ।

पेइज ओल्सेन नामकी महिलाले घरमा पालेको उक्त कुकुरको लोती लामो देखिए पनि उनले नापेकी थिइनन् । तर जब महामारीका कारण घरमै बस्नुपर्दा उनीसँग पर्याप्त समय भयो तब ओल्सेनले आफ्नो कुकुरको कान नाप्न थालिन् । कुकुरको कानको नाप अस्वभाविक पाएसँगै उनले गिनिज बुक अफ वर्ल्ड रेकर्डस्मा निवेदन दिइन् ।

निकै लामो कान भएपनि कुकुरलाई कुनै अप्ठेरो नभएको उनी बताउँछिन् । उनले हरेक महिना कुकुरको कानको जाँच गराउँछिन् । ओल्सेन आफैं पशु चिकित्सक पनि हुन् ।

संसारकै लामो कान भएको कुकुर लगायतका कीर्तिमानलाई गिनिज बुकले २०२२ को नयाँ संस्करणमा समावेश गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *