About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

आजबाट कांग्रेसको पालिका अधिवेशन

काठमाडौं : कार्यतालिकाअनुसार नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लामा आज पालिका अधिवेशन गर्दैछ। देशभरका ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेर अधिकांश जिल्लाको वडा अधिवेशन सम्पन्न भइसकेको छ। यी जिल्लाका धेरैजसो स्थानमा आज पालिका अधिवेशन हुन लागेको हो।यता काठमाडौं, ललितपुर र सिन्धुपाल्चोक जिल्लामा आज गाउँ/नगर अधिवेशन नहुने भएको छ। यसैगरी काभ्रेमा विवाद चर्कने संकेत देखिएको छ। जिल्ला सभापति मधु आचार्यले आजको अधिवेशन नहुने भन्दै विज्ञप्ति जारी गर्दा निर्वाचन अधिकृत राजेन्द्र लामिछानेले भने आजै अधिवेशन हुने दाबी गरेका छन्।यसैगरी कांग्रेसले बाँकी १३ जिल्लाको क्रियाशील अझै टुंगो लगाउन सकेको छैन। प्रदेश २ का कुनै जिल्लाको क्रियाशील सूची सार्वजनिक भएको छैन। विवादका कारण पटकपटक कांग्रेसले निर्वाचन कार्यतालिका पटकपटक संशोधन गर्दै आएको छ। यसपटक पनि दशैंअगाडि गाउँ/पालिका अधिवेशनमात्र हुने र बाँकी अधिवेशन दशैंपछाडि धकेलिने देखिएको छ।पछिल्लो संशोधित कार्यतालिकाअनुसार असोज १२ गते प्रदेश सभाको क्षेत्रीय अधिवेशन, असोज १५ गते प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन/एकमात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन र असोज १८ गते एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन तय गरिएको थियो। दशैंअघिका लागि तय गरिएका गाउँ/नगरका अधिवेशन दशैं पछि धकेलिने कांग्रेस नेताहरु नै बताउँछन्।यस विषयमा कांग्रेस पदाधिकारी बैठकमा पटकपटक छलफल भएको र केन्द्रीय समितिबाट निर्णय गराउने तयारीमा पार्टी रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *