About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

सेतो पुतलीसँग सचेत बनौँ

काठमाडौँ । फुर्रफुर्र नाच्दै फूलमा पुतली बसेपछि बालबालिका रमाउँछन् । ‘कति राम्री पुतली’ भन्दै पुतली भएतिर बालबालिका दौडिँदा अभिभावक पनि खुसी हुन्छन् । यद्यपि, सबै पुतली खुसी दिनेखालका हुँदैनन् । चिकित्सकको सुझाव छ, ‘‘सेतो पुतलीसँग सचेत बनौँ ।’’

सेतो पुतलीले यतिबेला नेपाली जनस्वास्थ्यलाई चुनौती दिइरहेको छ । सेतो पुतलीको झुस आँखामा सङ्क्रमण भएको ४८ घण्टाभित्र अस्पतालमा उपचार नथाले आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ । आँखाको भित्री भागसम्म गएर यसले दृष्टिमा क्षति पु-याउँछ ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका आँखा रोग विशेषज्ञ डा. सञ्जीव भट्टराईका अनुसार, मानिसको दृष्टि छिनभरमै नष्ट गर्ने आँखाको खतरनाक रोग हो– सापु । सापु सङ्क्रमण भएपछि आँखामा फुलो परेकोजस्तै बाहिरबाटै टल्केको र नानी पूूरै सेतो देखिन्छ ।

यसले आँखाभित्र पानीले बनेको तहसम्म पुगेर नानी, लेन्स भित्री भाग भिट्रियससम्म सङ्क्रमण गराउँछ । यो रोगका लक्षण देखापरेको ४८ घण्टाभित्रै उपचार नगरे आँखाको दृष्टि गुम्न सक्ने उहाँले बताउनुभयो । परीक्षण गर्दा कुनै पनि जीवाणु, किटाणु नरहेको देखिए त्यो सापु हो भन्ने बुझ्नुपर्छ ।

यो रोगको निदान तथा उपचार आँखा विभागअन्तर्गतका अस्पतालमा मात्र गर्ने गरिन्छ । सापुको आकस्मिक उपचार सेवा, आँखाभित्र औषधिको सुई लगाएर तथा जटिल अवस्थामा आँखाको शल्यक्रिया गरेरसमेत गर्न सकिन्छ । यो खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *