About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

सिटीमाथी पीएसजीकाे जित

काठमाडौं, १३ असाेज । यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले म्यानचेस्टर सिटीलाई हराएको छ ।

मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे ।

घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७४ औं मिनेटमा केलियन एमबाप्पेको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।

यस गोलसँगै मेस्सी पीएसजीका लागि पहिलो गोल गर्न सफल भएका छन् । मेस्सी हालै मात्र बार्सिलोनाबाट पीएसजी आएका हुन् ।

यस जितसँगै समूह ए को पीएसजीले २ खेलमा ४ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।

सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *