About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

मनिषकाे गाेलमा साफकाे पहिलो खेलमै नेपाललाई सफलता

काठमाडौं । साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपालले जित निकालेकाे छ । गएराति मालेस्थित राष्ट्रिय रंगशालमा भएको खेलमा आयोजक माल्दिभ्सलाई नेपालले १-० ले पराजित गरेको हो । नेपालका लागि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका मनिष डाँगीले सानदार गोल गरे ।

उनले काउन्टर अट्याकमा विशाल राईले मिडफिल्ड पार गरेको आक्रमणलाई मनिषले खेर फालेनन् । बिपक्षीको घेराबीच गोल अघि बढाउदै उनले गोल गर्न सफल भएका थिए ।

उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए । जुन गोल नै नेपालको जीतका लागि पर्याप्त बन्यो । खेलको ६९ औं मिनेटमा नवयुगको स्थानमा मनिष डाँगी मैदान प्रवेश गरेका थिए ।

खेलको छैटौं मिनेटमा नै माल्दिभ्सले नेपालका लागि गोल गर्ने राम्रो अवसर पाएको थियो । तर गोलकिपर किरणले त्यसलाई सहजै विफल बनाइ दिएका थिए ।

माल्दिभ्स २०१८ को साफ च्याम्पियनसमेत हो । नेपाल उक्त सिजनको साफमा माल्दिभ्ससँगै सेमिफाइनलमा पराजित भएको थियो । उक्त समय नेपालले माल्दिभ्ससँग ३-० ले पराजित भएको थियो ।

नेपालले २२ वर्षपछि माल्दिभ्सलाई हराएको हो । नेपालले पछिल्लो पटक सन् १९९९ को साग खेलकुदमा माल्दिभ्सलाई २-१ ले हराएको थियो । अब नेपालले दोस्रो खेलमा श्रीलंकासँग सोमबार खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *