About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

नेपालले इतिहास रच्न सकेन, भारत साफ च्याम्पियनसिपकाे विजेता

काठमाडौं । भारतले १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबलको उपाधि जितेको छ ।

माल्दिभ्समा शनिबार राति भएको फाइनलमा नेपाललाई ३-० गोल अन्तरले पराजित गर्दै भारत च्याम्पियन बनेको हो ।

भारतको जितमा कप्तान सुनिल क्षेत्री, सुरेश सिंह वाङजाम र साहल अब्दुल समादले समान एक एक गोल गरे ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको भारतले ४९ औं मिनेटमा सुनिलको गोलबाट अग्रता बनाएको थियो ।

खेलको ५० औं मिनेटमा सुरेशले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा साहलले गोल गर्दै भारतलाई ३-० को जित दिलाए। 

यससँगै भारतले कीर्तिमानी आठौं पटक साफको उपाधि जित्न सफल भएको छ ।

नेपालको भने पहिलो पटक साफको उपाधि जित्ने सपना अधुरै रहेकाे छ ।

तर, नेपाल पहिलो पटक साफमा उपविजेता बनेको छ ।

नेपालले पहिलो पटक साफको फाइनल खेलेको हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *