About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

नेपाल बन्दमा विप्लवका कार्यकर्ताले बनाए जेब्रा क्रसिङ

दाङ,३० कात्तिक । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तुलसीपुरका सडकका चोकमा जेब्रा क्रसिङिङ बनाएका छन्। 

आफैंले आयोजना गरेको नेपाल बन्दमा ट्राफिक व्यवस्थापनमा सहयोग पुगोस् भनेर तुलसीपुरको वीरेन्द्र चोक लगायतका स्थानमा जेब्रा क्रसिङ बनाएकाे बताएका छन् । 

सडकमा पेन्टिङ गर्नुपूर्व उनीहरूले सडकमा आफैं झाडू लगाएर बढारेका थिए। पेन्टिङ गरेपछि उनीहरूले सडक मै ‘एकीकृत जनक्रान्ति जिन्दावाद’ भन्ने नारा पनि लेखेका छन्। 

उनीहरूले बजार क्षेत्र र मुख्य राजमार्ग क्षेत्रका सडकमा रहेका खाल्टाखुल्टी समेत पुर्ने अाफुहरूकाे याेजना रहेकाे बताएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *