About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

राजनीति सँगै समाजसेवामा लागेका युवा नेता खत्री को हुन ?

गुल्मी ,१ मंसिर । नेपाली कांग्रेसको गढ समेत मानिने गुल्मी को चन्द्रकोट गाउँपालिका वडा नं ३ हराचौरमा जन्मेका सन्तोष खत्री गुल्मी कांग्रेसको राजनीतिमा उदयमान एक युवानेता हुन।
नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ बाट राजनीति सुरु गरेका खत्री नेबि संघ त्रिभुवन बिश्वबिद्धालय इकाई का उपसभापति समेत भैसकेका छन। कांग्रेसको १४ औ महाधिवेशन का लागि आफ्नै गृहनगर बाट क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मतिले चुनिकाएका उनी यत्तिमै रोकिएनन उनले केन्द्रिय महाधिवेशन प्रतिनिधि (खस आर्य) बाट उम्मेदवारी समेत घोषण गरेका छन।उनी भन्दछन सबै तह र तप्काका पार्टीका अग्रज र अनुज मित्रहरूको सुझावलाई स्विकार्दै बिजय हुने बिस्वस्त आधार सहित उम्मेदवारि घाेषणा गरेको छु र जित्छु पनि।
उनी केवल राजनीतिज्ञ मात्रै होइन समाजलाई समयानुकूल परिवर्तन गर्नुपर्ने धारणा राख्ने समाज परिवर्तनका अगुवा पनि। यस पटकको दशैमा स्थानीय दलितहरूलाई आफ्नै निजि निवासमा बोलाएर टीका जमरा लगाइदिएपछी कतिपयले उनलाइ राजनीति सेन्टिमेन्ट बटुल्दै फाइदा लिन खोजेको रुपमा समेत चित्रण गरे तर यस विषयमा उनको फरक धारणा छ, उनी भन्छन् , ` छुवाछूत प्रथा नेपालीको साझा रोग हो । यो विकृतिले नेपाली समाज धेरै पछाडि परेको छ । जातीयता र छुवाछूत प्रथा धर्मशास्त्रको उपज होइन । वेदमा छुवाछूतको कुनै भेदभाव छैन । मनुस्मृति प्राचीन समाजको सामाजिक विधान जस्तो थियो । त्यसबेलाको परिस्थितिअनुसार समाजलाई गतिशील बनाउन अभिप्रेरित थियो तर त्यसको पछि गलत प्रयोग र ब्याख्या भयो´ ।
संविधानसभा पहिलो र दोस्रो एवं स्थानीय,प्रदेश र संघको निर्वाचनमा पार्टीका उम्मेदवारलाई जिताउन रणनीति बनाउने र भोट माग्दै घरदैलो गर्नेमा उनी अग्र पंक्तिमा देखिन्थे त्यसैले कांग्रेसका स्थानीय अगुवा कार्यकर्ता उनलाइ चुनावमा स्थानीय रणनीतिकारको रुपमा समेत हेर्छन् । उनी युवाहरूमाझ छिट्टै घुलमिल हुने ,समस्या परेको बेला सहयोगमा अग्रसर हुने युवाको रूपमा समेत चिनिन्छन ।

सुजन थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *