About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

परराष्ट्रमन्त्री खड्काद्वारा इ–पासपोर्टको उद्दघाटन, पहिलो इ–पासपोर्ट शताब्दी पुरूष जोशीलाई

काठमाडौं, १ मंसिर । राहदानी विभागले विद्युतीय राहदानी (इ–पासपोर्ट) सार्वजनिक गरेको छ ।
बुधबार विभागमै एक कार्यक्रमको आयोजना गर्दै परराष्ट्र मन्त्री नारायण खड्काद्वारा शताब्दी पुरूष सत्यमोहन जोशीलाई साधारण इ–पासपोर्ट हस्तान्तरण गरिएको थियो ।जोशीले विद्युतीय राहदानी पाउँदा निकै खुसी मिलेको बताए।

साथै, जोशीले सरकारलाई सफलताको शुभकामना समेत दिदै राहदानीले नेपालीको पहिचान बोक्ने हुँदा निकै महत्व रहने उनले उल्लेख गरेका थिए ।परराष्ट्र मन्त्री खड्काले शताब्दी पुरुष जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्न पाउदा आफुलाई गौरब लागेको बताएका थिए ।

आफूले हस्तलिखित पासपोर्ट बोक्नु पर्दाको झन्झटिलो अवस्थाको स्मरण गर्दै उनले विद्युतीय पासपोर्टले निकै सहज हुने अपेक्षा गरेको बताए ।अन्तर्राष्ट्रिय जगतमा नेपालको छविलाई उँचो बनाउन पनि यसले महत्वपूर्ण भूमिका खेल्ने समेत बताएका थिए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *