About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

टी–२० सिरिज : कतारमाथि नेपालको क्लिन स्विप

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारविरुद्धको ३ खेलको टी–२० अन्तराष्ट्रिय सिरिजमा ऐतिहासिक क्लिन स्विप गरेको छ । बिहीबार दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा भएको अन्तिम टी–२० मा कतारलाई १ सय ९ रनले हराउँदै नेपालले सिरिज ३-० ले आफ्नो पोल्टामा पारेको हो ।

नेपालले आफ्नो पहिलो टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमै क्लिन स्विप गर्दै ऐतिहासिक सफलता हात पारेको हो । यसअघि नेपालले पहिलो खेलमा कतारलाई १ सय १९ र दोस्रो खेलमा ६१ रनले पराजित गरेको थियो ।

नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको कतारले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ५५ मात्र रन जोड्न सक्यो । जसका लागि अलिना खानले सर्वाधिक १९ र कप्तान अयेशाले १३ रनको योगदान गरे ।

नेपालका लागि कप्तान रुबिना क्षेत्री, सरस्वती कुमारी चौधरी र सवनम राईले समान १-१ विकेट हात पारे । यसअघि नेपालले ब्याटिङ गर्दै नेपालले २० ओभरमा ३ विकेट गुमाएर १ सय ६४ रनको कीर्तिमानी योगफल बनाएको थियो ।

यो टी-२० राष्ट्रियमा नेपालले बनाएको हालसम्मकै उच्च योगफल हो । नेपालको लागि सीता राना मगरले अविजित रहदै ८२ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ७२ बलमा ७ चौका प्रहार गरिन् । यता ज्योति पाण्डेले २४ रन र डोली भट्टले १२ रन बनाए, भने काजल श्रेष्ठ १२ रनमा आउट भइन् । सरिता मगर १७ रनमा अविजित रहिन् ।

त्यस्तै कतारकी एन्जेलिन मारे, साची ढाटवाल र आयशले १-१ विकेट लिए । आईसीसी महिला टी-२० विश्वकपको एसियाली छनोटको तयारी स्वरूप नेपालले कतारसँग तीन खेलको टी-२० सिरिज खेलिरहेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *