About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

कांग्रेस महाधिवेशन प्रतिनिधिमा रेनाशाको उम्मेदवारी

काठमाडाैं, ६ मंसिर । चर्चित कोरियोग्राफर तथा चलचित्र निर्देशक रेनाशा वान्ताव राईले इलामबाट नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएकी छन् । उनले कांग्रेसको १४औं महाधिवेशन प्रतिनिधिका लागि इलाम क्षेत्र नं २ बाट उम्मेदवारी दिएकी हुन् ।

आफ्नो गाउँ र जिल्लालाई केही योग्दान गर्ने उद्देश्यले आफू राजनीतिमा लागेको बताइन् । उनले भनिन्, ‘गाउँ समाजको परिवेश र समाजसेवा गर्ने ध्येयले मलाई राजनीतिमा सक्रिय बन्न प्रेरित गर्‍यो, नाम कमाउन कार्यरत क्षेत्र नै काफी छ तर मेरो गाउँ र जिल्लालाई म केही गर्न सक्छु भन्ने उद्देश्यले राजनीतिमा आएको हुँ ।’

पुस्तौनी कांग्रेस परिवारकी उनले राजनीतिक यात्राका लागि त्यही बाटो पहिल्याएको बताइन् । उनले भनिन्, ‘अब मलाई राजनीतिमार्फत् सामाजिक रुपान्तरणको अभियान चलाउनु छ ।’

इलामको चुलाचुली गाउँपालिका ४ आइतबारे घर भएकी रेनिशा १५ वर्षदेखि निरन्तर कलाकारिता क्षेत्रमा क्रियाशील छन् । उनी कांग्रेस कार्यकर्ता नरेन्द्र कुमार वान्तवाकी छोरी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *