About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

बैतडीमा जिप दुर्घटना, ६ जनाकाे मृत्यु

बैतडीमा जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिप चालक डडेल्धुरा घर भएका ४० वर्षीय दीपक मालीकाे पनि मृत्यु भएपछि ज्यान गुमाउनेकाे संख्या ६ पुगेकाे हाे ।

उनकाे उपचारका लागि डडेल्धुरा अस्पताल लाने क्रममा बाटाेमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी दर्शन खडकाले जानकारी दिए ।

आइतबार राति साढे आठ बजे दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर सोही नगरपालिका-६ सेरातर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जिप दुर्घटना भएको थियाे । दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियाे ।

दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीष राजेन्द्रबहादुर चन्द, ३८ वर्षका धनबहादुर चन्द, ५८ वर्षका खेमसिंह कार्की, ६५ वर्षका प्रेमबहादुर चन्द र तारासिंह थापाको घटनास्थलमै मृत्यु भएको थियाे । 

गम्भीर घाइते भएका दशरथचन्द नगरपालिका ६ का ५८ वर्षका हर्कबहादुर चन्दकाे उपचार भइरहेकाे छ । जिप सडकबाट सात सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *