About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

एसियाकाे दोस्रो एभोकाडो महोत्सव भव्यरूपमा सम्पन्न (फाेटाेफिचर)

एरिस राई/ धनकुटा संवाददाता

धनकुटा, ६ मंसिर । धनकुटामा एसियाकाे दोस्रो एभोकाडो महोत्सव भव्यरूपमा सम्पन्न भएकाे छ । घ्यु फलको रुपमा परिचित एभोकाडो खेतीमार्फत कृषि पर्यटनलाई टेवा पुर्‍याउने उद्देश्यसहित धनकुटामा एभोकाडो महोत्सव भएको हाे ।

धनकुटामा उत्पादन भएको एभोकाडोलाई देश तथा विदेशमा प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटा नगरपालिका एभोकाडो कृषि समूहको आयोजनामा शनिबार देखि २ दिने एभोकाडो महोत्सव भएकाे थियाे ।

धनकुटा नगरपालिका सहआयोजक रहेको महोत्सव आइतबारसम्म सञ्चालन भएकाे थियाे । धनकुटा नगरपालिकाले २०७५ सालमा नगर क्षेत्रलाई एभोकाडोको राजधानी घोषणा गरी व्यावसायिक उत्पादनमा जोड दिएपछि कृषकले उत्साहपूर्वक एभोकाडो खेती गरिरहेका छन् ।

महोत्सवमा नगरक्षेत्र तथा देशभरि उत्पादन भएका एभोकाडो र एभोकाडोजन्य उत्पादनको प्रदर्शनी, बिक्री वितरण तथा विविध साँस्कृतिक कार्यक्रम सञ्चालन गरिने र महोत्सवमा सहभागी भएका नगर क्षेत्रका एभोकाडो कृषकलाई प्रोत्साहन स्वरुप प्रविधि हस्तान्तरण कार्यक्रम समेत भएकाे आयोजकले जनाएको छ। महोत्सवमा एभोकाडोका ३० वटा स्टल रहेका थिए ।

तस्वीरः जीवन प्रकाश राई/धनकुटा

Leave a Reply

Your email address will not be published. Required fields are marked *