About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

टोटेनहमको पुनरागमन जित

काठमाडौं, ६ मंसिर ।  इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले पुनरागमन जित निकालेको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले पुनरागमन गर्दै लिड्स युनाईटेडमाथि २-१ को जित निकालेको हो ।

खेलको ४४ औं मिनेटमा ड्यानियल जेम्सले गोल गर्दै लिड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५८ औं मिनेटमा पिएरे इमिलले गोल गर्दै टोटेनहमलाई १-१ गोलको बराबरीमा फर्काए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा सेर्जियो रेगुइलोनले गोल गर्दै टोटेनहमलाई २-१ को जित दिलाए ।

मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेको यो लिगमा पहिलो जित हो ।

जितसँगै टोटेनहमले १२ खेलमा १९ अंक जोडेको छ ।

टोटेनहम अंक तालिकाको सातौं स्थानमा रहेको छ ।

लिड्स ११ अंक जोडेर १७ औं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *