About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

माओ अस्ताएकाे दिन

सन् १९७६ मा सेप्टेम्बर ९ आजैकाे दिन चिनियाँ कम्युनिष्ट पार्टीका अध्यक्ष माओत्से तुङको ८२ वर्षको उमेरमा निधन भएकाे थियाे । सार्वजनिक जीवनबाट केही महिनादेखि टाढा रहदै आएका माओत्से तुङको स्वास्थ धेर वर्षअघिदेखि खराब थियो ।

चिनीयाँ सर्वसाधारणहरू माओत्सेतुङलाई मनै देखी माया गर्थे । उनकाे मृत्युको खबर सुनेलगत्तै कालोपट्टी बाँधेर शोक मनाउन राजधानी बेइजिङमा भेला भएका सर्वसाधारणहरू उनकाे तस्विर अगाडि उभिएर श्रद्धाञ्जली टक्र्याएका थीए ।

माओत्से तुङलाई माओ भन्ने गरीन्थाे । उनी सन् १९२१ मा गठन भएको चिनियाँ कम्युनिष्ट पार्टीको संस्थापकमध्येका एक थिए । सन् १९३० को दशकमा तत्कालीन सत्तारुढ पार्टीको आक्रमणविरुद्ध कम्युनिष्ट फौजको नेतृत्व गर्दै आयोजित ‘लङ मार्च’ को नेतृत्व गरेपछि चीनमा माओको चर्चा चुलिएको थियो । सन् १९४९ मा चीनमा जनगणतन्त्र स्थापना भएपछि माओ राष्ट्राध्यक्ष बनेका थीए भने २७ अप्रिल १९५९ मा देशको राष्ट्राध्यक्षको जिम्मेवारी छाडेका थिए । माओ त्यस्ता नेता थीए जाे कम्युनिष्ट पार्टीको अध्यक्ष तथा देशको सर्वोच्च नेताका रुपमा उनले आजीवन चीनमा आफ्नो प्रभाव कायम राखीराखे ,अझै पनि चिनमा माओकै सिद्धान्त अात्मसात गरीन्छ ।

सन् १९७१ मा चीनले संयुक्त राष्ट्रसंघको मान्यता पायो भने सन् १९७२ मा माओलाई भेट्न अमेरिकी राष्ट्रपति रिचार्ड निक्सन चीन भ्रमणमा आएका थिए । जनगणतन्त्र स्थापनापछि चीन भ्रमणमा आउने निक्सन पहिलो अमेरिकी नेता थिए, उनकाे भ्रमण पछी अमेरिकासँग चीनको सम्बन्ध सुधार भएकाे थीयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *