About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

त्रिविको परीक्षा नरोकिने, पठनपाठनको जिम्मा सम्बन्धित क्याम्पसलाई

त्रिभुवन विश्वविद्यालयको परीक्षा नरोकिने भएको छ । कोरोना भाइरसको संक्रमण बढेसँगै सरकारले भर्चुअलबाट पठनपाठन गर्ने निर्णय गरे पनि त्रिविले परीक्षा नरोक्ने भएको हो । 

‘स्नातक र स्नातकोत्तर तहको परीक्षा भइरहेको छ । पहिलेदेखि परीक्षा पेन्डिङ भएको थियो । अब परीक्षा रोकिँदैन’, त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसाललले भने, ‘स्वास्थ्यको मापदण्ड पालना गरेर परीक्षा गर्छौं । १५ जेठसम्म परीक्षा चल्छ ।’

पठनपाठन भर्चुअल गर्ने कि भौतिक रूपमा भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित क्याम्पसलाई नै जिम्मा दिइने उनले बताए  ।

‘कक्षाहरूलाई अनलाइन गर्न मिल्ने कुरालाई रोकतोक गरेका छैनौँ । क्याम्पसलाई आफ्नो परिस्थति हेरेर गर्न भनेका छौँ’, उनले भने, ‘केन्द्रबाट केही सूचना निकाल्छौँ ।’

त्रिविअन्तर्गत ४ लाख विद्यार्थी अध्ययनरत छन् । कोरोना संक्रमण बढेपछि सरकारले सोमबार वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *