About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

लकडाउन बारे निर्णय लिन प्रधानमन्त्री वलिलाई ब्रिफिङ

काठमाडौँ, ११ वैशाख  : कोभिड-१९ संक्रमण दिनप्रतिदिन बढी भइरहेको तथ्यांकसहितका अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरू बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘ब्रिफिङ’ भएको छ । कोभिड–१९ संक्रमण तीब्र रूपमा फैलिएपछि उपप्रधानमन्त्री ईश्‍वर पोखरेल संयोजक रहेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले प्रधानमन्त्री ओलीलाई सबै प्रयास र अवस्थाबारे जानकारी गराएको हो ।
 
अहिलेको भयावह अवस्थामा के गर्न सकिन्छ भन्दै सरोकार वाला सबैको उपस्थितीमा त्यस्तो जानकारी गराउने र कस्तो रणनीतिमा सरकार अघि बढ्ने भनेर छलफल भएको बताइएकाे छ । सीमा आउजाउमा कडाई हवाई उडानमा पनि नियन्त्रण र लकडाउन नै उत्तम उपाए भएको सुझाव पनि त्यहाँ दिइएको छ । जसरी हुन्छ व्यक्तिको आउजाउ कम गराउन पर्ने सुझाव सीसीएमसीले दिएकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मेडिकल विज्ञहरूले सीसएमसीलाई लकडाउनको सिफारिस गर्न सुझाव दिइसकेको भए पनि शनिबार भएको छलफलमा लकडाउन गर्न पर्ने अवस्था आएको जानकारी प्रधानमन्त्रीलाई गराएको छ । 

उपप्रधानमन्त्रीको समूहले  निश्चित समय तोकेर कोही कतै अलपत्र नपर्ने गरी लकडाउनमा गर्नुपर्ने सुझाव दिने तयारी थियो । कोभिड संक्रमण दिनाहुँ दिन बढ्दै गएकाले काठमाडौँ उपत्यकामा लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सीसीएमसीलाई सिफारिस नै गरिसकेको छ ।  छिमेकी मुलुक भारतमा दैनिक तीन लाख बढीलाई कोभिड संक्रमण भएपछि त्यसको असर नेपालमा पनि परेको भन्दै विज्ञहरूले सीमा नियमन, चेकजाँच र लकडाउन गर्न सुझाव दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *