About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

३ हजार ३२ सङ्क्रमित थपिए, उपत्यकामा एक हजार ४९८ मा सङ्क्रमणको पुष्टि

काठमाडौं, बैशाख १२ । नेपालमा कोरोनाभाइरसका तीन हजार ३२ जना नयाँ सङ्क्रमितको पहिचान गरिएको छ । पछिल्लो चौबीस घण्टामा नौ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा तीन हजार ३२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी विवरण अद्यावधिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा पछिल्लो चौबीस घण्टामा थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या तीन लाख ११९ जना सङ्क्रमित भएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाको तीन जिल्लामा पछिल्लो चौबीस घण्टामा एक हजार ४९८ जनामा सङ्क्रमणको पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार काठमाडौंमा सबैभन्दा बढी एक हजार १३२, ललितपुरमा २७० र भक्तपुरमा ९६ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।
मन्त्रालयले पछिल्लो चौबीस घण्टामा ७८६ जनाको एन्टीजेन परीक्षण गरिएको जनाएको छ । जसमध्ये ९० जनामा सङ्क्रमण पोजिटिभ पाइएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ४५० जना सङ्क्रमित कोभिडमुक्त भएका छन् । हालसम्म कोभिडमुक्त हुने दुई लाख ७७ हजार ५७३ पुगेको छ । मन्त्रालयले हाल १९ हजार ३८२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको जनाएको छ । ६९ जना हाल क्वारेन्टिनमा छन् । एक हजार ५९४ जना संस्थागत् आइसोलेशनमा र १७ हजार ७८८ जना होम आइसोलेशनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *