About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा

काठमाडौं उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा लगाइने भएको छ । 

सोमबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले १६ वैशाखदेखि  निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले अर्को आदेश जारी नभएसम्मका लागि उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा कायम रहने जानकारी दिए ।

कोरोना संक्रमण बढ्न थालेपछि सोमबारदेखि नै काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले अत्यावश्यकबाहेकका सेवा बन्द गरिसकेका छन् ।

यसअघि आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा पाँच सय कोरोना संक्रमित पुगे निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *