About Author

सरकारले तत्काल विकल्प खाेजाेस

Facebook आय आर्जन र रोजगारीको लागी कृषि एकदमै महत्वपूर्ण क्षेत्र हो । नेपालको कुल जनसंङख्याको

मन्त्रिपरिषद्को बैठक सकियाे, निषेधाज्ञाबारे के भयाे निर्णय ?

काठमाडौँ , १३ वैशाख । सरकारले कोरोना संक्रमण बढ्दै जाँदा सक्रिय संक्रमित संख्याको आधारमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सबेको बैठकले पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको गरेको एक मन्त्रीले जानकारी दिए । जुन सिफारिस सोमबार बसेको सीसीएमसीले गरेको थियो । सीसीएमसीकाे सिफारिसअनुसार पहाडी क्षेत्रमा २०० र सहरी क्षेत्रमा ५०० कोरोनाका सक्रिय संक्रमित नाघेमा स्थानीय प्रशासनले नै यससम्बन्धी आवश्यक निर्णय गर्नेछन् ।

कोरोना भाइरसको संक्रमण बढ्दै गएको र त्यो नियन्त्रणबाहिर जाने लागेको भन्दै सरकारले मुलुकभरका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले उक्त निर्णय लिएको मन्त्रीहरूले जानकारी दिएका छन् ।

‘यसअघि नै विद्यालय बन्द गर्ने निर्णय भइसकेको छ ।

त्यस्तै, सबै प्रकारका परीक्षा स्थगित गर्न सीसीएमसीले गरेको सिफारिस पनि मन्त्रिपरिषद्को बैठकले पारित गरेको छ ।

‘नेपाल ट्रान्जिट बनाएर तेस्रो मुलुक जाने क्रम रोक्ने, विदेशबाट आउनेलाई १४ दिन क्वारेन्टाइनमा राख्ने लगायतका निर्णय भएका छन्,’ ती मन्त्रीले जानकारी दिए ।

साथै सरकारले नेपाल-भारत सीमा बन्द गर्ने निर्णय गरेको छ। कोरोना सङ्क्रमण बढेपछि आज बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल-भारतको स्थल सीमा बन्द गर्ने निर्णय गरेको हो। सरकारले हवाई मार्ग भने बन्द नगरी कडाइको निर्णय मात्र गरेको छ।

बैठकले सीसीएमसीले गरेका सिफारिसहरु केही हुबहु र केही संशोधनसहित पारित गरेको बताइएपनि विस्तृत विवरण आइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *